एघार संस्थाले पायो धितोपत्र व्यवसायी अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले विभिन्न ११ संस्थालाई धितोपत्र व्यवसायीको अनुमति दिएको छ । बोर्डको सोमबार बसेको बैठकले ११ संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिने निर्णय गरेको हो।
बोर्डका अनुसार नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ । त्यस्तै,मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ ।
त्यसैगरी,एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट,इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा,इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार,शुभकामना सेक्युरिटिज प्रालि र हातेमालो फाइनान्सिङ सर्भिसेज प्रालिलाई सीमिति कार्य गर्ने गरी मात्रै धितोपत्र दलालको अनुमति दिइएको छ ।
माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड,केविएल सेक्युरिटिज लिमिटेड,कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
