स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एकजना पक्राउ
काठमाडौं : बाँकेको नेपालगंज उपमहानगरपालिका -१६ चौलिका चोकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्। बाँकेको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने
३५ वर्षीय उमाकन्त गुप्तालाई १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा सो रकम बरामद गरेको हो। उनले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रतिक्रिया दिनुहोस !