प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संघीय संसदको सचिवालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
यस्तै विनियोजन विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ।
त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, बैठकमा राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
अन्तममा अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रस्तुत गर्ने दैनिक कार्यसूची रहेको छ।
प्रतिक्रिया दिनुहोस !