सम्बन्धविच्छेदका मुद्दा बढ्दो

सम्बन्धविच्छेदका मुद्दा बढ्दो
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बागलुङ : बागलुङमा पछिल्लो वर्षहरूमा सम्बन्धविच्छेदका घटनाहरू बढ्दै गएका छन्। जिल्ला अदालत बागलुङमा दर्ता भएको मुद्दाको तथ्यांक हेर्दा सबैभन्दा धेरै सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका न्यायाधीश डा. दिवाकर भट्टराईले बताए। उनले चालू आर्थिक वर्ष २०७९/०८० को हालसम्म ४ सय ३२ मुद्दा दर्ता भएको जानकारी दिए। न्यायाधीश भट्टराईले चालू आवमा जिम्मेवारी सरेर आएका ८२  र  नयाँ ३  सय ५० गरी ४ सय ३२ मुद्दामध्ये २ सय ५६ मुद्दा फस्र्योट भएको र १ सय ७६ मुद्दा बाँकी रहेको बताए।

चालू वर्षमात्रै ५ सय १९ मुद्दा दर्ता भएकोमा ३ सय ५० मुद्दा सम्बन्धविच्छेदका मात्रै भएको तथ्यांक छ। बागलुङमा गत आर्थिक वर्ष २०७८/०७९ मा ३ सय १९ सम्बन्धविच्छेदका मुद्दा रहेका थिए। न्यायाधीश भट्टराईले गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको जेठ महिनासम्मको हेर्दा १ सय बढी भइसकेको र अझै बढ्न सक्ने देखिएको बताए। अदालते सम्बन्धविच्छेदका मुद्दा मेलमिलाप बनुन् भनेर एक वर्षमा मात्रै टुंगो लगाउने नीति लिएको छ। तर कतिपय मुद्दा दुवै पक्ष मिलेर आएपछि अदालतले बाध्य भएर तीन दिनमै सम्बन्धविच्छेद गराउने गरेको हो। यस्ता घटनाले बालबालिकाहरूको समस्या बढेको देखिएको स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए।

सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा दम्पतीहरूबीच स्वतन्त्रताको खोजीको कारण देखिएको न्यायाधीश भट्टराईले बताए। ‘पछिल्लो समय स्वतन्त्रताको विकास भएको छ,’ न्यायाधीश भट्टराईले भने, ‘विवाहअघिको स्वतन्त्रता विवाहपछि पनि हुँदा त्यसकै खोजीमा पछिल्लो समय सम्बन्धविच्छेदको घटना बढ्दो रहेको देखिन्छ।’

 

सम्बन्धविच्छेदका घटनामा वैदेशिक रोजगारको प्रभावसमेत रहेको न्यायाधीश भट्टराईको भनाइ छ। उहाँले गैरकानुनी रूपमा वैदेशिक रोजगारमा जाने र कार्डहरू बनाउँदा लामो समयसम्म घरपरिवारसँग भेटघाट नहुँदा शंका उत्पन्न भई सम्बन्धविच्छेद हुने गरेको समेत देखिएको बताए। उनले अदालतमा सम्बन्धविच्छेदका घटनामा मिलापत्र गरौं भन्ने मुद्दा आउने नगरेको बताए। 

न्यायाधीश भट्टराईले सम्बन्धविच्छेद बढ्नु समस्या नभए पनि त्यसले पछि निम्त्याउने समस्या मुख्य रहेको बताए। उनले बुवाआमाको स्वतन्त्रताको खोजीमा सम्बन्धविच्छेद गर्दा उनीहरूका बालबालिकाको मनोविज्ञानमा समस्या उत्पन्न हुने गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.