नेपाल आयल निगमको इन्धन ट्यांकरबाट चोरी गर्दा गर्दै पक्राउ

नेपाल आयल निगमको इन्धन ट्यांकरबाट चोरी गर्दा गर्दै पक्राउ

भैरहवा : भारतबाट आयात गरिएको नेपाल आयल निगमको इन्धन (डिजेल) ट्यांकरबाट चोरी गर्दागर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साथै, इन्धन चोरी गरिएको लु २ ख ७३७ नम्बरको ट्यांकर पनि नियन्त्रणमा लिइएको छ।

इन्धन चोरी गरेको आरोपमा ट्यांकर चालक भारतको महाराजगंज जिल्ला नौतनवाका २८ वर्षीय मोहम्मद महिम र सहचालक सोही स्थानका २२ वर्षीय रविन्द्र गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए।

रुपन्देहीको ओमसतिया गाउँपालिका-२ तेनुहवास्थित यादव आयल फिलिङ सेन्टरको पछाडि खाली चौरमा ट्यांकरबाट आयल निगमको इन्धन चोरी गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक मधु नेपालको कमाण्डमा खटिएको टोलीले आरोपीहरू र ट्यांकर नियन्त्रणमा लिएको उनले जानकारी दिए।

ट्यांकरको च्याम्बरमा लगाइएको सिल लिभर, जग लगायतको साम्रगी सहायताले तोडेर इन्धन चोरी गरिदै थियो। चोरीका लागि प्रयोग भएका तीन वटा खाली बाल्टिन, दुई वटा ग्यालेन, प्लाष्टिकको पाइप, सोली, लिभर, जग लगायतका साम्रगी बरामद भएको डीएसपी आर्यालले बताए। 

उनका अनुसार ट्यांकरबाट चोरी गरिएको करिब एक सय लिटर डिजेल पनि दुई वटा ग्यालेनमा बरामद भएको छ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। भारतबाट आयात गरिएको इन्धन भलवारी डिपोमा लगेर अनलोड गर्नुपर्नेमा बीचबाटोमै सिल तोडेर चोरी गरिएको छ।

ट्यांकरको च्याम्बरमा लगाइएको सिल तोडेर ट्यांकरबाट इन्धन चोरी गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको नेपाल आयल निगम भलवारी डिपोका प्रमुख जगदिश कुमार यादवले बताए।

‘सिल तोडेर इन्धन चोरी गरेको देखिएको छ’ उनले भने, ‘हामीले आयल निगमको नियमावली अनुसार घटनामा संग्लनहरुमाथी कारबाही प्रक्रिया अघि बढाउँछौँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.