नेता, कार्यकर्ताभन्दा पहिले एजेण्डा र कार्यशैली परिवर्तन गर्नुपर्छ : महासचिव पोखरेल

नेता, कार्यकर्ताभन्दा पहिले एजेण्डा र कार्यशैली परिवर्तन गर्नुपर्छ : महासचिव पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले एजेण्डा, कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन्। नेता कि कार्यकर्ता परिवर्तन भनेर बहस चलाउन खोजिएको भन्दै उनले एजेण्डा, कार्यशैली परिवर्तन हुनुपर्ने बताएका हुन्। 

उनले भने, ‘यतिबेला परिवर्तन हुनुपर्ने को ? नेता कि कार्यकर्ता भनेर बहस चलाउन खोजिँदै छ । सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने एजेण्डा, कार्यशैली, संकल्प र मनोविज्ञान हो। अनि सोही अनुसार नेता, कार्यकर्ता र समाज पनि हो । भनिन्छ एक हातले ताली बज्दैन ।’ 

उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताए।

पोखरेलले नयाँ पार्टीहरुलाई विचार र एजेण्डामा बहस गर्न आउन चुनौति दिँदै आएका छन्। केहि दिन अगाडि ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो’ विषयक अन्तरक्रियामा उनले हरेक आन्दोलनको अग्रभागमा एमाले रहेको र महाधिवेशनबाट लोकतान्त्रिक प्रकियाबाट नयाँ नेतृत्व छनोट हुने भएकाले पार्टी कहिले पुरानो नहुने बताएका थिए।  

उनले एमालेलाई बलियो राजनीतिक शक्ति निर्माणका लागि विभाजित भएका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आह्वान गरे। उनले एकता र एकीकरणका लागि उदार नीति अवलम्बन गरिएको समेत स्पष्ट पारे। 

एमालेले ७० वर्षे उमेर हद निलम्बन गर्ने निर्णय गरेसँगै नेतृत्वको विषयमा बहस हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.