मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध

मर्स्याङ्दीमा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध
सुन्नुहोस्

बेसीसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्लास्टिकका प्लेट, गिलास र चम्चा प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गाउँपालिकाको जेठ २५ गते बसेको कार्यपालिका बैठकले प्लास्टिकका सामाग्री प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको अध्यक्ष अर्जुन गुरूङले जानकारी दिए । 

´सफा मर्स्याङ्दी अभियानलाई सार्थक बनाउन प्लास्टिकजन्य वस्तुको प्रयोगलाई न्युनिकरण गर्न यस्तो निर्णय गरेका छौं´, अध्यक्ष गुरूङले भने, `प्लास्टिकका भाँडाको विकल्पमा दुना टपरी र स्टिलका भाँडा प्रयोगमा प्रोत्साहन गर्छौं ।´

निर्णय कार्यान्वयन गर्न पालिकाले जेठ ३२ गते सार्वजनिक सूचनासमेत जारी गरेको छ । मर्स्याङ्दी गाउँपालिकाले चालू वर्षमा ‘सफा  मर्स्याङ्दी’अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत गाउँपालिकाले सवै गाउँटोल, बस्ती, बाटोघाटो सरसफाई अभियान चलाउनुको साथै फोहोर संकलन र वर्गीकरण कार्य गरेको छ । गाउँबस्तीमा पुगेर ट्याक्टरबाट फोहोर संकलन गरि वर्गीकरण गरेर व्यवस्थापन गर्ने गरेको मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले बताइन्।

अभियानलाई सफल बनाउन गाउँपालिकाको हरेक टोल बस्तीहरु, संघ संस्थाहरु वरपर, सार्वजनिक स्थलहरु र खोलाहरुको सरसफाई गरिएको छ । पालिकासंगै स्थानीय पनि लागि गरेका छन् । यो अभियानले गाउँटोल सफा र आफूहरूलाई उत्साहित बनाएको स्थानीय बउँछन् । 

गाउँपालिकाले २०७६ असोजदेखि फोहोर संकलन अभियान सञ्चालन गरी जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाएको थियो । त्यतिबेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मर्स्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको हो । सफा मर्स्याङ्दी अभियानले फोहोरबाट हुने रोग नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख लुल घलेले बताए ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभावि नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर संकलन गरी प्रशोधन गरेर विक्री गरी आम्दानी समेत गरिएको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैं ट्याक्टर खरिद गरेर फोहोर संकलन क्यालेन्डर बनाएर गाउँगाउँबाट फोहर संकलन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङले बताए ।

प्लास्टिकले वातावरणसँगै मानव स्वास्थ्यमा हानी गर्ने हुनाले प्लास्टिक प्रतिस्थापन गर्न उपभोक्ताहरू जागरुक हुनुपर्नेमा गाउँपालिकाले जोड दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.