सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत स्वीकृत
काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले स्वीकृत गरेको छ। शुक्रबार बिहान सिंहदरबारमा बसेको सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो।
समिति सदस्य महेश बर्तौलाले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतिले अनुमोदन भएको जानकारी दिए।
संसदीय सुनुवाइ समितिमा बिहीबार कार्ययोजना प्रस्तुत गरेका कार्कीसँग आज सवाल जवाफ भएको थियो । लगत्तै समितिले कार्कीको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिएको हो।
राष्ट्रपतिले नियुक्त गरे कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्।
संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरे राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
कामु प्रधानन्यायाधीश समेत रहेका कार्कीलाई गत वैशाख १५ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
उनीविरुद्ध ३० बढि उजुरी परेका थिए।
प्रतिक्रिया दिनुहोस !