लम्पी स्किन महामारी : जाजरकोटमा १४६० पशुचौपाय मरे

लम्पी स्किन महामारी : जाजरकोटमा १४६० पशुचौपाय मरे
लम्पी स्किनविरुद्धको खोप लगाउँदै भेरी नगरपालिकाका पशु प्राविधिक । तस्बिर : राजेन्द्र कार्की
सुन्नुहोस्

जाजरकोट :लम्पी स्किन रोगबाट जाजरकोटमा एक हजार ४ सय ६० पशुचौपाय मरेका छन्  । उपचार अभावमा जाजरकोटमा ठूलो संख्यामा पशुचौपाया मरेका हुन् । जिल्लाभर ९ सय २ गोरु, २ सय ४९ गाई, १ सय ९९ भैंसी र १ सय १० बाछाबाछीको मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका पशु चिकित्सक डा.सुशिल ऐरीले बताए । 

उनका अनुसार सबैभन्दा बढि कुशेमा ३ सय ९३, जुनीचाँदे गाउँपालिकामा ३ सय ४३, छेडागाडमा २ सय २८, भेरी नगरपालिकामा १ सय ६२, बारेकोट गाउँपालिकामा १ सय ३०, नलगाड नगरपालिकामा १ सय १३ र सबैभन्दा कम शिवालय गाउँपालिकामा ९० पशु चौपाय मरेका हुन्।

जिल्लाका २१ हजार २ सय ३२ पशु चौपायामा लम्पी स्किन देखा परेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार ३ सय ९६ गाई, १४ हजार ५ सय २६ गोरु,१ हजार १ सय ५२ वाछावाछी र २ हजार ४ सय ५४ भैंसी गरी जम्मा २१ हजार २ सय ३२ पशु चौपायमा लम्पी स्किन देखा परेको हो ।

सबैभन्दा बढी छेडागाड नरपालिकामा ८ हजार एक, सय ९, नलगाड नगरपालिकामा २ हजार ६ सय ९४, कुशे गाउँपालिकामा २ हजार ६ सय ५९, जुनीचाँदे गाउँपालिकामा २ हजार २ सय १७, भेरी नगरपालिकामा १ हजार ८ सय १५, शिवालय गाउँपालिकामा ८ सय ९० र सबैभन्दा कम बारेकोट गाउँपालिमा ६ सय ६० रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.