एनआईसी एसिया लघुवित्तको साढे ४ करोड रकम हिनामिना, शाखा प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा

एनआईसी एसिया लघुवित्तको साढे ४ करोड रकम हिनामिना, शाखा प्रमुखसहित ८ जनाविरुद्ध मुद्दा
तस्बिर : अन्नपूर्ण

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका ५ थलह बजारमा रहेको एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारीले नक्कली ऋणी खडा गरेर लाखौं रकम हिनामिना गरेको रहस्य खुलेको छ । थहल शाखाका कर्मचारीहरुले ४ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा परेको छ । 

कर्मचारीले स्थानीयको नाममा नक्कली ऋणी खडा गरी संस्थाको रकम हिनामिना गरेको पीडितले बताएका छन् । करिब २ सय ८५ जना नागरिकको नाममा थलह शाखाका तत्कालीन शाखा प्रमुख सुशील केसीसहित ८ जना कर्मचारीले रकम हिनामिना गरेको आरोप लागेको छ ।

केसीको नेतृत्वमा रहेको कर्मचारी टिमले नक्कली ऋणी खडादेखि ब्याज वापतको रकम हिनामिना गरेको आरोप लागेको हो । नक्कली ऋणी खडा गरेर कर्मचारीले उक्त रकम हिनामिना गरेका हुन् । लघुवित्त संस्थाको केन्द्रीय कार्यालयले अडिट गर्दा उक्त रहस्य खुलेको हो ।

 ठूलो रकम हिनामिना भएको कुरा पत्ता लागेपछि एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपा ७ काभ्रेपलाञ्चोक र शाखा कार्यालय जाजरकोटले तत्कालिन शाखा प्रमुख केसी सहित ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा मुद्धा दर्ता गराएको हो । मुद्धा परेका आठै जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ ।

स्थानीय खातावालाको कागजपत्र लिएर नक्कली ऋणी खडा गरी रकम हिनामिना गरेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मुद्दा परेकाहरूको कर्मचारीको नाम भने प्रहरीले मिडियालाई दिन इन्कार गरेको छ ।

'हामी अनुसन्धानकै क्रममा छौं अहिले नाम सार्वजनिक गर्न मिल्दैन,' जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले बताए । उनले भने ‘अन्य विवरण पनि अनुसन्धनकै सिलसिलामा रहेकाले कुनै कुरा भन्न मिल्दैन । अनुसन्धान पुरा भएपछि सबै कुरा बाहिर आउँछ । दोषी को हो हामी बुझिरहेका छौं । संस्थाको करिब साढे चार करोड रकम हिनामिना भएपछि ८ जना कर्मचारीविरुद्ध ठगि मुद्दा दर्ता भएको छ ।’

एनआईसी एसिया लघुवित्त बैक केन्द्रीय कार्यालयका सूचना अधिकृत अर्जुन श्रेष्ठले पनि नाम भन्न नमिल्ने बताए । उनले केही सूचना लिने भए संस्थामा निवेदन दिएपछि मात्र पाइने बताए । 'हामीले प्रहरीमा उजुरी दिएका छौं नाम प्रहरीले दिन्छ उतै माग्नुहोस्,' उनले भने । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.