एमालेले बुझायो स्वास्थ्यमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र

एमालेले बुझायो स्वास्थ्यमन्त्रीलाई ११ बुँदे ज्ञापनपत्र
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले विगतको सरकारले अघि बढाएको आधारभूत अस्पतालको निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ज्ञापन पत्र बुझाएको छ । 

मंगलबार एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्ण गोपाल नेतृत्वको टोलीले विगतको सरकारले ३९६ स्थानमा आधारभूत अस्पतालको शिलान्याश गरेपनि अहिले बजेटका अभावका कारण निर्माणले गति लिन नसकेको भन्दै निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

त्यस्तै एमालेले संघीय स्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने तथा जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य  सेवा नियमावली २०७७ को पूर्ण कार्यान्वयन लगाएतका ११ बुँदे माग अघि सारेको छ ।

ज्ञापन पत्र बुझाउँदै एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख श्रेष्ठले स्वास्थ्य सेवामा देखिएका समस्या समाधान गर्दै स्वाथ्यकर्मीलाई देशमै काम गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा बजेट कम हुनु उचित नभएको उल्लेख गरे।

त्यस्तै ज्ञापनपत्र बुझ्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य सम्बन्धी विषयमा आएका सुझाव महत्वपूर्ण रहेको भन्दै यसलाई आवश्यक छलफल गरेर कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । उनले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाइने,सबै जनतालाई सहज रुपमा स्वास्थ्योपचारको व्यवस्था गर्न ध्यान केन्द्रीत गरेको उल्लेख गरे।

एमालेले दरबन्दी अनुसारको जनशक्ति व्यवस्था गर्नुपर्ने,महामारीजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणको पूर्वतयारी गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.