बझाङ दुर्घटना : सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको निधन

बझाङ दुर्घटना : सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहको निधन
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। बझाङमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको हो।

नेपालगन्जको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मन्त्री सिंहको निधन भएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले अन्नपूर्णलाई जानकारी दिए।

यसअघि उनकी पत्नी अमृता सिंह र उनका भाउजु जयदेवी सिंहको निधन भएको थियो। 

मन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो १:३० बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा भएको थियो। जीप सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.