नागरिकता विधेयकको माग गर्दै सत्याग्रहमा उत्रिएका नेता शर्मा अस्पताल भर्ना

नागरिकता विधेयकको माग गर्दै सत्याग्रहमा उत्रिएका नेता शर्मा अस्पताल भर्ना
सुन्नुहोस्

काठमाडौं : पाँच दिनदेखि भोकहड्ताल (सत्याग्रह)मा उत्रिएका माओवादी केन्द्रका पोलिष्टब्युरो सदस्य रामकुमार शर्मा अस्पताल भर्ना भएका छन्। नागरिकताविहीनलाई  नागरिकता दिनुपर्ने मागसहित उनी माइतीघरमा आन्दोलन गर्दै आएका छन्। 

सोमबार स्वास्थ्यमा समस्या आएपछि चिकित्सिको सल्लाहमा उनलाई वीर अस्पतालको आकश्मिक कक्षामा भर्ना गरिएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधयेक जारी गरेपनि सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि विधयेक कार्यान्वन भएको छैन। अदालतको आदेशले नागरिकता वितरणमा रोक लगाएपछि नागरिकताविहीन युवाहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। 

 
‘अनसन इच्छाले गरेको हैन। कसैलाई पनि भोकै मर्ने रहर हुँदैन। जब देशमा ठूलो समस्या देखा पर्छ। त्यो समस्याले ठूलो जनसमुदायलाई असर गरिरहेको छ। त्यस्ता समस्याको निकासका लागि मैले भोकहडताल बस्दै आएको छु,’ नेता शर्माले अन्नपूर्णसँग भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.