चिनियाँ पर्यटक विमान चार्टड गरेर पोखरामा

चिनियाँ पर्यटक विमान चार्टड गरेर पोखरामा
विमान चार्टड गरेर पोखरा आएका चिनियाँ पर्यटक। तस्बिरहरु : कृष्णमणि बराल।
सुन्नुहोस्

पोखरा : चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक विदेशबाट आउने विमान बनेको छ चिनियाँ चार्टड विमान। 

चीनको छेन्दुक सहरबाट बिहान सिचुवान एयरलाइन्सको एयरबस ३१९ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको रुपमा पहिलो पटक अवतरण गरेको हो । 

 १३० जना अट्ने क्षमताको विमानमा ८४ जना प्यासेन्जर लिएर चिनियाँ समय बिहान ८ बजेर १५ मिनेटमा उडेको जहाज ३ घण्टा १३ मिनेट समय लागेर बिहान पौने ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। 

विमानमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष सहितको टोली पनि पोखरा आएको थियो । पहिलो विमानबाट पोखरा आएका चिनियाँ पाहुँनालाई पोखरेलीले भन्वय स्वागत गरेका छन् । पोखरा विमनस्थल नजिकै चिनियाँ पाहुँनाको स्वागतमा स्वागतद्वार बनाइएको छ । पोखराको मुख्य बजार क्षेत्रमा चिनियाँ फेस्टिभलको बारेका ब्यानर राखेर झिलिमिली बनाइएको छ ।

null१ जनवरी २०२३ मा देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल झन्नै ६ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको हो । पर्यटकीय सहर पोखराको फेवातालमा असार ८ र ९ गते नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल हुँदै छ । ड्रागन रेस फेस्टिभलका लागि नै चिनियाँ पाहुँना लिएर चार्टड विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो ।  

चीनका विभिन्न सहरबाट नियमित उडान पनि छिट्टै सुरु हुने विश्वास पर्यटन व्यवसायीको छ । योसँगै भारत र अन्य मुलुकबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्तलमा नियमित अन्तर्राष्ट्रिय उडान र अवतरण हुने विश्वास पोखराका पर्यटन व्यवसायीले गरेका छन् । 

nullnullnull

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.