उपाध्यक्ष राईसहित आधा दर्जन जिल्ला सदस्य एमालेमा फर्किए
हेटौँडा : नेकपा एकीकृत (समाजवादी) का मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राईसहित आधा दर्जन जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन्।
आज नेकपा एमाले जिल्ला कार्यालयमा भएको एक कार्यक्रमबीच उनीहरू पार्टी सदस्य नवीकरण गर्दै फर्किएका हुन्।
एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भोम्जन, लोकनाथ चौलागाई, रोमनाथ रेग्मी, अर्जुन पोखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन(राजेश) रहेको नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए।
कार्यक्रममा नेता राईले कम्युनिष्ट आन्दोलनमा एमालेको विभाजन कल्पना नगरेको कुरा भएको र एकीकृत समाजवादीको न भूत न भविष्य भएको पार्टी बताए।
उनले कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एमाले भएकोले सबै चुनौतीको सामना गरेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने जिम्मा पनि एमालेको भएको बताए।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरूषोत्तम पौडेल, केन्द्रीय सदस्य रामेश्वर राना, पार्टी नेता केदार न्यौपाने सहितका नेताहरूले उनीहरूलाई गरेका छन्।