सप्तरी प्रिमियर लिग : खडक वारियर्सको दोस्रो जित
![सप्तरी प्रिमियर लिग : खडक वारियर्सको दोस्रो जित](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_7GwhPYz0ZD_sFWS4YNlDA.jpg)
राजविराज : सप्तरीको राजविराजमा जारी सप्तरी प्रिमियर लिगको चौंथो दिनको पहिलो खेलमा बजाज खडक वारियर्सले राजविराज द किंगलाई ७ विकेटले पराजित गरेको छ।
राजविराजले दिएको ८८ रनको लक्ष्य खडक वारियर्सले ६.१ ओभरमा ३ विकेट गुमाएर सहजै भेटायो। खडक वारियर्सको यो लगातार दोश्रो जित हो।
बजाज खडक वारियर्सको ब्याटिंगमा कप्तान विवेक यादवले विस्फोटक पारि खेले। उनले मात्र १९ बलमा २ चौका र ५ छक्का मद्दतले अविजित ४५ रन बनाए। साहिल पटेलले १२ तथा राज वर्मा र सन्दिप रजालीले समान ११ रन बनाए। राजविराजका बलर बिक्रम सोबले २ तथा सकिम आलमले १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिंग गरेको राजविराज द किंगले १८ ओभरमा ८७ रन बनाउदा सबै विकेट गुमायो। उसको लागि शंकर रानाले सर्वाधिक २६ तथा तृतराज दासले १७ रन बनाए। खडक वारियर्सका देब्रे हाते स्पिनर अनिल खरेल एक्लैले ४ विकेट लिए।
प्लेयर अफ द म्याच घोषित खरेलले ४ ओभर बलिंग गर्दै १ मेडन ओभरसहित १७ रन मात्र खर्चिए। यस्तै अनिल यादवले ३, विवेक यादवले २ तथा दिनेश अधिकारीले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)