रास्वपाको चियापानमा शीर्ष नेताहरू (फोटो फिचर)
![रास्वपाको चियापानमा शीर्ष नेताहरू (फोटो फिचर)](https://annapurnapost.prixacdn.net/media/albums/355322253_281148911140654_8036306440319716561_n_3eMMLk9Jam_Pax2oR4s6i.jpg)
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको पहिलो वर्षमा जनताको अभूतपूर्व साथ पाएको र सकारात्मक रहेको निष्कर्ष निकालेको छ।
पहिलो पार्टी स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले समाजले परिवर्तन खोजेको भन्ने संकेत मतपत्रबाट नै जायर भएको भन्दै पहिलो वर्षमा जनताको अभूतपूर्व साथ पाएको र सकारात्मक रहेको बताए।
उनले संगठन विस्तारका धेरै काम बाँकी रहेकाले प्राथमिकताका आधारमा पार्टीलाई विधानसम्मतरूपमा अघि बढाउने प्रतिबद्धता जनाए। उनले दलहरूका लागि मोर्चा नयाँ भए पनि आफूहरूका लागि दलहरूको मार्चा नयाँ नभएको भन्दै घोषित अघोषित मोर्चाहरूलाई तोड्दै उपनिर्वाचनमा नयाँ रेकर्ड नै कायम गरेको जिकिर गरे।
उनले नेपाली जनताको पक्षमा मोर्चा गरे आफूहरू पनि आउन तयार बताए। उनले नेपालको राष्ट्रिय अखण्डताकाका विषयमा सरकारले कूटनीतिक माध्यमबाटै छिमेकी राष्ट्रसँग वार्ता र सम्बाद गर्नुपर्ने बताए।
रास्वपाले पार्टी स्थापना दिवसको चियापानको आयोजना गरेको थियो। सो अवसरमा राजनीतिक दलका नेताहरू चियापानमा सहभागी भएका थिए।
तस्बिर : अभिषेक महर्जन
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)