उपचाररत उपप्रधानमन्त्री र मेयर भेट्न प्रधानमन्त्री पुगे कीर्तिपुर अस्पतालमा

उपचाररत उपप्रधानमन्त्री र मेयर भेट्न प्रधानमन्त्री पुगे कीर्तिपुर अस्पतालमा
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ।

काठमाडौं : पोखरा भ्रमण वर्षको उद्‍घाटनका क्रममा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्। ओलीको सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रम सकेर प्रधानमन्त्री कीर्तिपुर अस्पताल पुगेका हुन्।

null

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो। बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्य घाइते भएका छन्।

अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द गरिएको जनाएको छ। हिजोको तुलनामा उनीहरूको स्वास्थ्य सुधार भएको अस्पतालका निदेशक डा. किशोर नकर्मी र मेडिकल डाइरेक्टर डा. निजीता ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

घटना हुनेबितिकै मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र महानगर प्रमुख आचार्यको फिस्टेल अस्पताल पोखरामा प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि दुवै जनालाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिएको सचिवालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.