लुम्बिनी प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने
लुम्बिनी : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यका अनुसार सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन्।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका थिए।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले सोमबार बिहान ११ : ३० बजे बस्ने बैठकलाई सम्बोधन गर्ने जानकारी दिए। उनले भने,‘सोमबार प्रदेशसभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने गरी बैठक बस्ने कार्यसूची तयार भएको छ।’
प्रतिक्रिया दिनुहोस !