विष्णु पौडेल पक्राउ परेपछि एमाले संसदीय दलको निष्कर्ष- सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंड्यो

विष्णु पौडेल पक्राउ परेपछि एमाले संसदीय दलको निष्कर्ष- सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंड्यो
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरेको निष्कर्ष निकालेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको दलको बैठकले पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेललई बिना सर्त रिहा गर्न माग गरेको छ।

'पार्टी उपाध्यक्षलाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ। उहाँ काठमाडौं आउने कुरा थाहा हुँदा-हुँदै रातारात सार्वजनिक माध्यमबाट काठमाडौं ल्याइयो। त्यो कानुनी राज्यको बर्खिलापमा छ। संदसीय दलले त्यसको घोर भर्त्सना गरेको छ। बिना सर्त रिहाइको माग गरेको छ,' एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

रास्वपा नेतृत्वको सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिंडेको उनको भनाइ छ। 'सरकारको नीति राष्ट्रको विरोधमा रहेको देखिन्छ। सरकारका त्यस्ता व्यवहारविरुद्धमा एमाले सदनमा सशक्तरूपमा उत्रिन्छ,' उनले भने। 

उनले सरकारले आतंक सिर्जना गरेको भन्दै कुनै पनि तह र तप्काका नागरिक अहिले सुरक्षित नरहेको बताए। उनले महँगी र मूल्यवृद्धिले पनि आकाश छोएको भन्दै सरकारको विरोध गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.