एमाले संसदीय दलको बैठक जारी (तस्बिरहरु)

एमाले संसदीय दलको बैठक जारी (तस्बिरहरु)
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले संसदीय दलको बैठक अहिले एमाले मुख्यालय च्यासलमा बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार दिउँसो २ बजेबाट संसदीय दलको बैठक बसेको हो । बैठकमा सममसामयिक राजनीतिक घटनाक्रमसँगै पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि उत्पन्न परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

nullसुर्खेतको वीरेन्द्रनगरमा पक्राउ परेका एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ललितपुर ल्याइएको छ । सोमबार प्रहरीले उनलाई पक्राउ गरेर आज बिहान माइक्रोबाट ललितपुरमा ल्याइएको हो । पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई अहिले ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा लगिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्राचार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

nullपक्राउपछि उनलाई तत्काल काठमाडौं लैजाने तयारी गरिए पनि सुर्खेतबाट साँझको समयमा काठमाडौंका लागि सीधा हवाई सेवा उपलब्ध नभएकाले सडकमार्ग हुँदै नेपालगन्ज पठाइएको बताइएको छ । पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न आज नै उनलाई अदालतमा पेस गर्ने तयारी छ । एमालेले आज साँझ ६ बजे ओली निवास गुण्डुमा सचिवालय बैठक पनि बोलाएको छ । तस्विरहरु : एमाले सचिवालय

nullnull


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.