सोलुमा पार्किङ गरेकै स्काभेटरमा आगलागी, ४० लाखको क्षति

सोलुमा पार्किङ गरेकै स्काभेटरमा आगलागी, ४० लाखको क्षति

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-४ जुबुमा स्काभेटरमा आगलागी हुँदा अन्दाजी ४० लाख बराबरको क्षति भएको छ।

जुबुको बादेदेखि छिक्ली जाने सडक खन्ने क्रममा पार्किङ गरी राखेको खामपाचे शेर्पा निर्माण सेवाको बा २क ४७७८ नम्बरको स्काभेटरमा बुधबार राति आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आगलागीबाट स्काभेटरको अगाडिको क्याबिनको भाग र इलेक्ट्रोनिक भाग जलेर नष्ट भएको छ। 

उक्त स्काभेटर दूधकोशी-२ जलेश्वरी हाइड्रोपावरले नयाँ सडक विस्तारको क्रममा प्रयोग गर्दै आएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.