संसदमा उठेका प्रश्नको जवाफ दिन जिम्मेवारीबाट हट्ने छैन : प्रधानमन्त्री

संसदमा उठेका प्रश्नको जवाफ दिन जिम्मेवारीबाट हट्ने छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले  सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन आफू सदैव तयार रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले उठाएका प्रश्नमा सरकार संवेदनशील भएर जवाफ दिइरहेको बताएका हुन्।

उनले भने,' सम्मानित सदनमा शून्य समय र विशेष समयमा माननीय सांसदहरूले उठाएका प्रश्नमा सरकार संवेदनशील भएर जवाफ दिइरहेको छ। सदनमा उठाइएका प्रश्न र जिज्ञासाको जवाफ दिने जिम्मेवारीबाट र उत्तरदायित्वबाट पछि हट्नेछैन ।'

प्रधानमन्त्री प्रचण्डले राष्ट्र र नागरिकको समग्र हित र  समुन्नतिका लागि सरकार प्रयत्नशील रहेको बताए।  उनले जनसरकारका विविध विषयलाई उचित सम्बोधन गर्दै विकासका निर्माण कार्यलाई गति दिँदै सरकार र नागरिक बीचको सम्बन्धलाई सुदृढ बनाउन सरकार दृढसंकल्पीत रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.