रास्वपाका समर्थकलाई लामिछानेको आग्रह : राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ, संयमित बनौं

रास्वपाका समर्थकलाई लामिछानेको आग्रह : राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ, संयमित बनौं
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा आएपछि गाली र ताली दुवै सहनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा रास्वपा धादिङ-काठमाडौं सम्पर्कको भेलालाई सम्बोधन गर्दै लामिछानेले कार्यकर्ता र समर्थकहरु सामाजिक सञ्जालमा असहिष्णु भएर गालिगलौजमा उत्रिएको आरोप लागेको भन्दै संयमत अपनाउन आग्रह गरेका हुन्। 

लामिछानेले सु-संस्कृत राजनीति अगाडि बढाउनुपर्ने बताए। उनले इमानमा रहुञ्जेलसम्म नेतालाई बचाउनुपर्ने भएपनि इमान गुमाएको दिन बचाउनु नपर्ने स्प्ष्ट पारे। उनले तर्कमा रहेर मुद्दामा बहस गरेपनि अमर्यादित भएपनि गालि गलौचमा उत्रनुनहुने धारणा राखे।

उनले आफ्ना नेताको समर्थनमा अरुलाई आलोचना गर्दा तल्लो तहमा गएर टिप्पणी नगर्नसमेत आग्रह गरे। उनले विपक्ष दलका नेताहरुले राम्रो काम गर्दा समर्थन गर्न सकिने भएकाले राम्रो गर्ने नेतृत्वको विरोध नगर्न आग्रह गरे। 

लामिछानेले निष्ठाका साथ काम गर्दा २०८४ मा रास्वपा पहिलो पार्टी बन्ने दाबी गरे। उनले रास्वपाका समर्थक नमूना बन्नुपर्ने धारणा राखे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.