दक्षसँगै नैतिकवान् जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्छ : उपकुलपति लामिछाने
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतिकवान् विद्यार्थी उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताएका छन्।
बाल्मिकी विद्यापीठ काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संस्कृत विश्वविद्यालयले विद्यापीठ र गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई नैतिकवान बनाउन विशेष कक्षाको व्यवस्था गर्ने योजना बनाएको बताएका हुन्।
प्राकशास्त्रबाट आउने विद्यार्थी मात्र नभई गुरुकुलबाट उत्पादन हुने विद्यार्थीलाई पनि विश्वविद्यालयमा भित्र्याउनतर्फ आफू लागिपरेको बताए।
पछिल्लो पुस्तामा अध्ययन संस्कार हराउँदै गएकाले पुस्तकालयसम्म विद्यार्थीलाई ल्याउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !