ग्यास आयात कम गर्न नगरपालिकाले दियो डेढ सय बढीलाई विद्युतीय चुलो

ग्यास आयात कम गर्न नगरपालिकाले दियो डेढ सय बढीलाई विद्युतीय चुलो
सुन्नुहोस्

सोलुखुम्बु : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यास आयात कम गर्न निःशूल्क विद्युतीय चुलोको प्रयोगलाई जोड दिएको छ । नगरपालिकाले विद्युतीय चुलोको प्रयोगलाई बढवा दिन डेढ सय बढी परिवारलाई चुलो वितरण गरेको हो। 

यस वर्ष नगरले १५६ जनालाई विद्युतीय इन्फ्रारेड चुलो वितरण गरेको नगर प्रमुख विमला राईले बताइन् । जसमा १ सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधि रहेका छन् । 

चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले २ सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो । जसमध्ये नगरपालिका भरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले चुलो वितरण गरेका हुन् । 

बाँकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताइन् । देश बाहिर जाने रकमलाई अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ । ‘आजभोलि धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो अध्याधिक रकम अन्य देशमा जान्छ, विद्युतीय चुलो प्रयोग गर्दा विद्युतको महसुल तिर्नु परे पनि आफ्नै देशमा रहन्छ’, नगर प्रमुख राईले भनिन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.