आँबुखैरेनी–पोखरा राजमार्ग आसपासमा धुलोले सास्ती

आँबुखैरेनी–पोखरा राजमार्ग आसपासमा धुलोले सास्ती
धुलाम्य सडक
सुन्नुहोस्

गोरखा : स्तरोन्नति हुदै गरेको आँबुखैरेनी–पोखरा सडकमा धुलो उडेर सडक आसपासका स्थानीय हैरान भएका छन्। निर्माणकर्ता चाइना कन्स्ट्रक्शन एण्ड कम्युनिकेशन कम्पनीले धुलो व्यवस्थापनका लागि मापदण्डअनुसार काम नगर्दा आसपासका बासिन्दा हैरान भएको मार्किचोकका लोकबहादुर गुरुङको गुनासो छ। 

अहिले पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको खण्ड चारलेनको बनाउने काम धमाधम चलिरहेको छ। सो काम गर्दा धुलो व्यवस्थापन गर्ने काम नभएको गुरुङको गुनासो छ। ‘चाइना कम्पनीले गर्नुसम्म गर्‍यो’, गुरुङ भन्छन्, ‘यति धुलो उड्छ कि, सिमै छैन। सास फेर्न नसकिने भइयो। मान्छे बिरामी भएर हैरान भइसके। मुग्लिन–नारायणगढ सडक स्तरोन्नति गर्दा त यस्तो भएको थिएन।’ धुलोले विशेषगरी वृद्धवृद्धा र बालबालिकालाई समस्या भएको उनको भनाइ छ। 

धुलो अधिक उड्दा सडक आसपासका विद्यालयमा उस्तै समस्या छ। ‘एकछत्तै धुलो आउँछ। बालबालिका आँगनमा खेल्न पनि सक्दैनन्, कक्षाभित्र पनि कुहिरो झैँ धुलो पस्छ। विद्यार्थी रुघाखोकीको विरामी भइरहन्छन्’, स्थानीय अकला आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मण बगाले भन्छन्, ‘गाउँपालिका, वडा कार्यालयलाई पनि गुहार गर्‍यौँ। कम्पनीसित वार्ता पनि गर्‍यौँ। वार्तापछि कम्पनीले धुलो मार्न पानी छम्किने काम त गर्‍यो, तर एकफेर छम्किएको पानीले १० मिनेट पनि काम गर्दैन। एकछिनपछि फेरि उस्तै हुन्छ।’ null

पानी छम्किने काम पनि नियमित नभएको पिडित स्थानीयबासीको गुनासो छ। ‘कहिले एकचोटी पानी हालेको देखिन्छ। कहिले त हाल्दैनन्’, स्थानीय मञ्जु गुरुङ भन्छिन्, ‘यस्तो गर्मीले धप्धपी बलिरहेका बेला धुलोले मार्ने भयो। घरभित्र, कोठाभित्र मास्क लगाएर बस्न पनि सकिदैन, खोलेर बस्न पनि सकिँदैन।’ दमका रोगीहरुलाई धुलोले असाध्यै समस्या भएको उनको भनाइ छ।

सडकबाट उडेको अनियन्त्रित धुलोले स्थानीयबासीलाई समस्या भएको सो सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले स्वीकार गरेका छन्। तैपनि सकेसम्म समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताएका छन्। ‘धुलोले उब्जाएको समस्याका विषयमा स्थानीयबासीको गुनासो पनि सुनेका छौँ। हामी आफैँले पनि देखिरहेका छौँ’, उनले भने, ‘हामीले निर्माण कम्पनीलाई दबाब दिइरहेका छौँ।’ निर्माण कम्पनीले कहिले ट्याङ्कर बिग्रिएर धुलो मार्न नसकेको, कहिले विद्युत लाइन नभएर पानी तान्न नसकेको जवाफ दिने गरेको उनले बताए।null

सडक विभागले आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर सडक कतै चारलेन, कतै छ लेनको चौडा गरी कालोपत्रेको काम सञ्चालन गरिरहेको छ। २०२४ को अप्रिल महिनाभित्र सम्पन्न गर्ने गरी गरिरहेको सो कामको हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको सुवेदीको भनाइ छ। छ अर्ब २१ करोडको सो आयोजना चिनियाँ निर्माण कम्पनी सिसिसिसीले जिम्मा लिएको हो। सो सडक स्तरोन्नतिका क्रममा राजमार्गमा पर्ने १८ वटा पुल पनि निर्माण हुनेछ। ‘अहिलेसम्मको कार्यप्रगति हेर्दा ठेक्का सम्झौतामा उल्लेख भएको समयसीमाभित्र काम सम्पन्न हुदैन’, आयोजना प्रमुख सुवेदीले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.