धनगढीबाट बाजुरा जाँदै गरेको खाद्यान्न बोकेको ट्रक दुर्घटना
डडेल्धुरा : केआइसिंह राजमार्गअन्तर्गत डडेल्धुराको रडुवा खोलामा खाद्यान्न बोकेको मिनी ट्रक खसेको छ। सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ रडुवामा दुर्घटना भएको प्रदेश प्रहरीले कार्यालय जनाएको छ।
उक्त खाद्यान्न बोकेको ट्रक डोटीको जोरायल गाउँपालिका-२ बस्ने २३ वर्षका प्रकाश मल्लले चलाएका थिए। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ। ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको बताइएको छ।
वर्षाका कारण सडकको भाग कमजोर हुँदा यस्तो घटना घटेको डडेल्धुरा प्रहरीले जनाएको छ । अहिले दुर्घटनास्थलबाट ट्रक निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !