तल्लो सोलुको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ

तल्लो सोलुको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ
सुन्नुहोस्

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडान परिक्षण गरिएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधबार पेल्माङको चोङ्खामा सफल परीक्षण उडान भरिएको वडाध्यक्ष प्रदिप कुलुङले बताए । 

बाबु  एडभेन्चर्स इन्टरनेसल प्रा.लि.का  प्याराग्लाडिङ प्रशिक्षक सानो बाबु सुनुवार र पाइलट मोहनकुमार सुनुवारले वडाध्यक्ष प्रदिप कुलुङलाई प्याराग्लाइडिङमा उडाइ सम्भाव्यता अध्ययन गरिएको स्थानीय झलक राईले जानकारी दिए । तल्लो सोलुखुम्बुमा पहिलो पटक उडाइएको प्याराग्लाइडिङ हेर्न सयौँको संख्यामा स्थानीय उपस्थित भएका थिए । 

प्याराग्लाइडिङ उडान मार्फत थप पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब स्थानीय तहको नीति तथा कार्यक्रममा नै यसतर्फ बजेट विनियोजन गर्नुपर्ने देखिएको वडाध्यक्ष कुलुङले प्रतिकृया दिए । उनले भने, ‘आहा कति रमाइलो ! मत चरा नै बनेछु, विदेशीलाई हाम्रो नदेखिएका चुचुरो अनि फाँटहरु देखाउने पालो आयो अब ।’ नेपालमा प्याराग्लाइडिङ गर्न आउने विदेशी पर्यटकको संख्या दिनहुँ बढिरहेकाले जिल्लामा पनि यस्ता कार्यक्रमहरु अघि सार्न सके पर्यटन पर्वद्धनमा टेवा पुग्ने प्रशिक्षक सानो बाबू सुनुवारले बताए । 

‘सोलुखुम्बु जस्तो विश्वको शिर रहेको जिल्लाको आकाशमा प्याराग्लाइडिङको सफल उडान भर्न पाउँदा खुसी छु, यहाँको हरेक दृष्य र हरेक भुगोल नै लोभ लाग्दा छन्, आकाशमा नै उडिरहु जस्तो लाग्छ ।’, उनले भने । साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटकहरु नेपाल आउने भएकाले यसको विकासमा जुट्नुपर्ने पाइलट मोहन कुमार सुनुवारले बताए । 

विशेष गरी पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन सकिने उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.