दाइजोमा लैनो भैंसी ल्याउन नसक्दा अन्ततः नुरियाले रोजिन् मृत्युको बाटो

दाइजोमा लैनो भैंसी ल्याउन नसक्दा अन्ततः नुरियाले रोजिन् मृत्युको बाटो

काठमाडौं : दाइजोमा लैनो भैंसी ल्याउन नसक्दा महोत्तरीको सोनमा गाउँपालिका-७ सुन्दरपुरकी एक महिलाले मृत्युको बाटो राजेकी छन्। माइतीबाट भैंसी ल्याउन नसक्दा श्रीमान फरमुद नदाफ र नन्द रकिमा नदाफले २२ वर्षीया नुरिया खातुनलाई चरम हिंसा गर्दै आएको थियो। त्यो प्रताडना सहन नसकेर उनले अन्तत मृत्यु रोजेकी हुन्। 

साढे दुई वर्षअघि सम्सी पर्साकी उनी सुरन्दरपुरका फरमुदसँग वैवाहिक बन्धनमा बाँधेकी थिइन्। दाइजोमा भैंसी नल्याउँदा उनीमाथि एकपछि अर्को यातनाको शृङ्खला सुरु भएको थियो। पति र नन्दको दिनहुँको तीतो बोली र कुटपिटले उनी पिछिप्त बनेकी थिइन्। असार ११ गते बिहान उनको शव घरमै फेला परेको थियो। 

मृतकी आमा सकिनाले छोरीको हत्या ज्वाई फरमुद र उनका बहिनी रकिमाले गरेको दाबी गरेकी छन्। मृतक महिलाको श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा डीएसपी दिलिप गिरीले बताए। महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद दिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। 

null

‘ती महिलाले झुण्डिएर आत्महत्या गरेको खबर आयो। प्रहरी टोली पुग्दा डोरी काटिसकेको थियो। शव भुँइमा थियो,' डीएसपी गिरीले अन्नपूर्णसँग भने, ‘माइती पक्षले हाम्रो छोरीलाई कर्तव्य गरी ज्यान मारेको जाहेरी दिएको छ। त्यसको आधारमा आरोपीलाई पक्रेर अनुसन्धान गरिहेका छौं।’ पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारेमा थप कुरा खुल्ने  बताउँदै उनले थपे, ‘झुण्डिएर मरेको हो वा कुनै कर्तव्य गरेर मारेको हो? भन्ने कुरा एकिन भइसकेको छैन। अनुसन्धान जारी छ। पोस्टमार्टको रिपोर्ट आएपछि थप पुष्टि हुन्छ।’

गरिब तथा विपन परिवारकी नुरसाब खातुनको दुई वर्ष अघि गाउँमा चन्दा उठाएर विवाह गरिएको थियो। विवाहमा कवुल गरेको लैनौ भैंसी नदिँदा आफ्नो छोरीको ससुरालीमा हत्या भएको पीडित परिवारले जनाएको छ।

‘विवाहमा केटा पक्षले मागेको अनुसारमा हामीले दाइजो दियौं,' मृतककी आमाले भनिन्, ‘दाइजो दिने हाम्रो आँट थिएन तर, छोरीको विवाह नै नहुने भयो। अनि गाँउमा चन्दा उठाएर दाइजो दिएका थियौं।’ विवाह भएको दुई वर्षपछि केटा पक्षले विवाहमा कवुल गरिएको लैनो भैंसी माग गर्दै आएको बताउँदै उनले रुँदै भनिन्, ‘म एकल महिला छु। खाने ठेगान छैन। कहाँबाटट भैंसी दिनु? भैंसी किनेर दिने आँट भएन। अनि मेरी छोरीलाई त्यही भैंसीको निहुँमा पापीहरूले मारिदियो।’

छोरीको ससुरालीका छिमेकीले भनेपछि खबर गरेपछि मात्रै माइती पक्षले नुरसाबको हत्याबारे खबर पाएका थिए। ‘शव हेर्दा शरीरभरि हिलोमाटो लागेको थियो। मुखमा कपडा कोचिएको थियो,' मृतककी हजुरबुबा भोला नदाफले  भक्कानिँदै भने, ‘कुटपिटपछि नातिनिको फाँसि लगाएर हत्या गरियो।’ नुरसाबलाई दाईजोमा भैंसी नलाएकै कारण माइतिमा मानसिक तथा शारीरिक यातना  दिइने गरेको गाउँलेहरुले जनाएका छन्।

(महोत्तरीबाट सञ्चारकर्मी रोशन महतोको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.