सिन्धुलीमा खोलाले बगाउँदा एक जना घाइते

सिन्धुलीमा खोलाले बगाउँदा एक जना घाइते
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा मोटरसाइकलसहित बगाउँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा तीनपाटन गाउँपालिका-११ स्याङ्तीका २० वर्षीय लोकबहादुर थापा रहेका छन्। 

उनलाई मंगलबार बिहान स्याङ्तीबाट चकमके सडक हुँदै सिन्धुलीतर्फ आउने क्रममा प्र ३–०२–०१० प ६७१७ नम्बरको मोटरसाइकलसहित भालुखोलाले बगाएको थियो।

खोला तर्ने क्रममा मोटरसाइकलसहित बगेका थापा सय मिटर तल पौडिएर निस्कन सफल भए पनि घाइते भएका छन्। 

उनको बाँया खुट्टा, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए। उनको अहिले स्थानीयले उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको छ। 

थापा सवार मोटरसाइकल भने बेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.