बजारको सौन्दर्यता बढाउन एक घर दुई गमला

बजारको सौन्दर्यता बढाउन एक घर दुई गमला
सुन्नुहोस्

डाटी : डोटीको ऐतिहासिक बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गरिएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले एक घर दुई गमलाको अवधारणाअनुसार फूल रोप्नको लागि गमला वितरण गरेको छ।

इतिहास बोकेको सिलगढी बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गएिको वडा अध्यक्ष नरेश मलासीले बताए। मंगलबार र बुधबार सिलगढीका सबै घरमा गमला वितरण गरिएको अध्यक्षले बताए।

सिलगढीका प्रत्येक घरमा जम्मा ७ सय गमला वितरण गरिएको छ। सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २-२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो।

अध्यक्ष मलासी सबै घरदैलोमा पुग्दै गमला दिँदै गमलामा फुल रोप्न आग्रह गर्दै थिए। बसाई सराईका कारण पछिल्लो समय अधिकांश नेवार बस्ती रहेको सिलगढी बजारको सौन्दर्यता र महत्व घट्दै गइरहेकाले यो अभियानले सार्थकता पाउने अध्यक्ष मलासीले बताए।

नगरको सौन्दर्यता र हरियाली बढाउन यस्ता किसिमका कार्यक्रम सबै वडामा सञ्चालन हुनुपर्ने स्थानीय रोजेन्द्र जोशी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.