फर्निचर पसलमा चोरी गर्ने एक जना पक्राउ
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका भित्रका विभिन्न स्थानमा दिन दहाडै चोरी गर्ने एक जना पक्राउ परेका छन्। चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेका हुन्।
बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।
उनको टिममा अन्य दुई जना रहेको र स्थानीयले समात्न खोजेपछि उनीहरू भागेको बताइएको छ। उनीहरूको समूहले घरका धाराका टुटी, साइकल तथा कोठाभित्र पसेर मोबाइल, पैसा, सुनका गहना चोर्ने गरेका थिए।
प्रतिक्रिया दिनुहोस !