मधेस प्रदेशका पूर्वराज्यमन्त्री सिंह भ्रष्टाचारमा दोषी ठहर

४ वर्ष १ महिना कैद सजाय

मधेस प्रदेशका पूर्वराज्यमन्त्री सिंह भ्रष्टाचारमा दोषी ठहर
सुन्नुहोस्

काठमाडौं : विशेष अदालतले मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १ सय रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइराला सम्मिलित इजलासले सिंहविरुद्धको मुद्दामा सजाय निर्धारण गरेको हो। अदालतले न्यूनतम कैद सजायले नै सजायको उद्देश्य पूरा हुने ठहर गर्दै बिगोअनुसार कैद र जरिवाना तोकेको जनाएको छ।

महोत्तरी–२ बाट निर्वाचित प्रदेशसभा सदस्य रहेका सिंहलाई जेठ ४ गते नै दोषी ठहर गरिएको थियो भने बुधबार सजाय निर्धारण गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार विभिन्न उपभोक्ता समितिहरू गठन गरी ती समितिका खातामा जम्मा भएको रकम सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकाइएको थियो। त्यसपछि उक्त रकम सिंह र उनकी पत्नी सरिता कुमारी सिंहको संयुक्त खातामा जम्मा गराइएको अभियोग लगाइएको थियो।

अदालतले सिंहबाट ३८ लाख ५० हजार १ सय ३९ रुपैयाँ जफत गर्ने आदेश पनि दिएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(३) बमोजिम १ लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.