चट्याङ् लागेर किसानको मृत्यु
सप्तरी : सप्तरीको विष्णुपुर गाउँपालिका-७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ।
घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घाइते रामको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !