लागूऔषधसहित दुई जना पक्राउ
सिरहा : जिल्लाको भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट लागूऔषधसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका-५ बस्ने ३४ वर्षीय नारायण बुर्जा र सोही ठाउँ बस्ने ३० वर्षीय अनिल खड्का रहेका छन्। उनीहरूको साथबाट नाइट्राभेट ३० ट्याब्लेट र स्पाक्सोप्रोक्सिमन ३२ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ११ प २२७७ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस !