बजेट कटौती विरुद्ध सरकारको जवाफ माग्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध

बजेट कटौती विरुद्ध सरकारको जवाफ माग्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध
सुन्नुहोस्

जनकपुरधाम : नेकपा ( एमाले) ले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। मधेस प्रदेशको अर्थमन्त्री सञ्जयकुमार यादवले पालिकाको बजेट समेत रकमानतर गरेर गरेर आफू अनुकुल क्षेत्रमा बजेट लगेको भन्दै एमालेका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेको छन्। 

एमालेका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।

एमालेका प्रमुख सचेतक लखन दास तत्माले मुख्यमन्त्री सरोजकुमार यादवसँग जवाफ माग्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा ससर्त अनुदान किन नदिएको, बजेट भाषण भइसकेपछि पर्यटन मन्त्रालयबाट ८ करोड, सामाजिक विकास मन्त्रालयबाट २० करोड रकमान्तर भएको, सर्लाही जिल्लामा २२ वटा योजना राखेर करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको? रेडबुकमा विचौलियाबाट ५ देखि १० प्रतिशत कमिशत उठाएर योजना समावेश भएको सुनेको छु।’

उनले प्रश्नको जवाफ मुख्यमन्त्रीले नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिए। यस्तै, दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट भाषण भइसकेपछि बजेटको रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.