सहिद भीमदत्त पन्तको स्मृतिमा इ-पुस्तकालय स्थापना
डडेलधुरा : किसान नेता तथा शहीद भीमदत्त पन्तको स्मृतिमा इ-पुस्तकालय स्थापना गरिएको छ। सहिद पन्तको जन्मथलो कारिगाउमा इ-पुस्तकालयको उद्घाटन गरिएको हो।
शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले पन्तको जन्मथलोमा सहिद पन्त कै घर अमरगढी नगरपालिका-२ कारीगाउँमा इ-पुस्तकालयको उद्घाटन गरेका हुन्।
सहिद पन्तको जीवनीसँग घासिएका प्रकाशित किताबहरू र उनको पहलकदमी थालनी गरिएका सामग्री तथा प्रकाशित कृतिहरू राखेर उक्त पुस्तकालय खोलिएको हो।
सहिद भीमदत्तको स्मृतिमा उनको जन्मथलोमा इ-पुस्तकालयको उद्घाटन पूर्व मन्त्री बोहराद्वारा गरिएको अमरगढी नगरपालिका-२ का वडाध्यक्ष हेमराज पन्तले जानकारी दिए।
उनले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त पुस्तकालयका लागि रकम छुट्याइएको थियो। उक्त रकमबाट नै पुस्तकालयका लागि भवन निर्माण र सामग्री जुटाइएको स्थानीयले बताए।
प्रतिक्रिया दिनुहोस !