‘म आत्मसमीक्षा गर्छु, भावनामा आएर बोलेछु’

‘म आत्मसमीक्षा गर्छु, भावनामा आएर बोलेछु’
प्रतिनिधिसभाको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : अशोक दुलाल
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै आफूलाई प्रधानमन्त्री बनाएको स्पष्ट पारे। उनले सदनमा एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको आरोप लगाए।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एउटा पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्तिप्रति गल्ती महसुस भएको बताएका छन्। उनले उक्त अभिव्यक्ति आफू भावनामा आएर गल्तीबस भएको सदन समक्ष बताए। ‘म थोरै भावनामा आएँ। मनमा आयो भनेँ। त्यसैले त प्रचण्ड हो, त के गर्नुहुन्छ ?’ उनले सदनमा उभिएर भने, ‘प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नु हुन्नथ्यो। त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ।’ 

भारतीय नागरिक प्रितम सिंहको किताब विमोचनका क्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। जसका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितले संसद् अवरुद्ध गर्दै आएको थियो। सोमबार प्रमुख तीन दलबीच सहमति जुटेपछि प्रधानमन्त्री संसद्को रोस्टममा उभिएर यस्तो बताएका हुन्। 

उनले सो अभिव्यक्ति छोरी बिरामी भएको अवस्थामा प्रितम सिंहसँग जोडिएको भावनात्मक परिस्थिति भएको भन्दै पन्छिए। भने, ‘घटना दर्दनाक थियो। त्यसबेला उहाँले नेपालको प्रधानमन्त्री तपाईं बन्नुपर्छ भन्ने कुरा उठाउनुभयो। यसका लागि दिल्लीमा पनि र नेपालका राजनीतिक दलका नेतासँग पनि कुरा राखेको छु भन्नु भयो। उहाँले सुनाएको यही कुरालाई मैले भावनामा डुबेर भनेंछु।’

‘मेरो एउटै भावनात्मक अभिव्यक्तिले सबै सकियो त ?,’ उनले आक्रोशित हुँदै प्रश्न गरे। आफ्ना अभिव्यक्तिले अदालतसम्म पुगेको बताउँदै उनले थपे, ‘कुन प्रसंगमा के बोल्यो भन्ने हेक्का राख्नुपर्ने होइन ?’ उनले आफू सत्तापक्षमा वा प्रतिपक्षमा रहँदा पनि सदनलाई ऐक्यबद्धता गर्न सधंै सबैभन्दा अगाडि लड्न तयार भएको बताए। ‘मेरो सबल पक्ष वा कमजोरी भने पनि निजीजस्तै सार्वजनिक अभिव्यक्तिमा पनि म मनले बोल्छु। ज्ञान नभएको होइन जिन प्रवृत्ति हो। विशेषता सबैको आ–आफ्नो हुन्छ। दिमाग र मन बोल्छ कहिले दिमाग अगाडि हुन्छ कहिले मन।’

उनले अब आएर ६९/७० वर्षको उमेरमा आफ्नो यस्तो प्रवृत्ति बदल्नु भनेको फलामको चिउरा चपाउनुजस्तै भएको बताए। भने, ‘यो तहको भावुकता ठीक होइन। मनभित्र मैलो छैन।’ 

‘मलाई प्रधानमन्त्री एमालेले बनाएको हो’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नै आफूलाई प्रधानमन्त्री बनाएको स्पष्ट पारे। उनले सदनमा एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको आरोप लगाए। ‘यो आत्मसमीक्षासँगै संसद्मा केही प्रश्न पनि गर्न गर्छु। यो राख्दै जाँदा केही भावुकता आउने हो कि भन्ने डर पनि छ मलाई। यसबीचमा प्रश्न उठाइयो। मलाई प्रधानमन्त्री कसले बनायो ?

नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो। म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले। मलाई प्रधानमन्त्री बनाउन प्रतिपक्षी दलका साथीहरूले लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै आएको देख्दा म गम्भीर भएको छु। किनकि मलाई प्रधानमन्त्री प्रितम सिंहले दिल्ली गएर बनाएर ल्याएको त होइन। मेरो भित्रको कुरा भन्दै छु। प्रितम सिंहले बनाएको त होइन। योभन्दा धेरै नबोलौं। त्यो बेलामा के स्थिति थियो उहाँहरूलाई राम्रो थाहा छ।’

उनले थपे, ‘म प्रधानमन्त्री कुन परिवेशमा भएँ भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा छ। थाहा हुँदाहुँदै क–कसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैंले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो मभित्र प्रश्न उठेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.