वडावाटै स्वास्थ्य बिमा निशुल्क
डडेल्धुरा : डडेल्धुरा अजयमेरू गाउँपालिका -१ ले स्वास्थ्य विमा निशुल्क गर्ने भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका -१ ले वडाका अति विपन्न तथा गरिव नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।स्वास्थ्य विमा निशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो ।
आर्थिक वर्ष २०८०र०८१ मा वडाका अति विपन्न र गरिविको रेखामुनि रहेका वडाका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुगाउन र सबैले सजिलै उपचार गर्न पाउन भन्ने उद्देश्य राखि विपन्न तथा गरिब परिवारको निशुल्क स्वास्थ्य विमा गराइने जनाए । स्वास्थ्य सुरक्षा स्वरुप निस्शुल्क स्वास्थ्य बिमा अभियान सञ्चालन गरेको वडा।न।१का अध्यक्ष दत्तीसिंह भण्डारीले जानकारी दिए ।
आइतबार सम्पन्न वडा नं १ को वडासभाबाट निर्णय गराइ गरिब र विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बिमा सुरुवात गरेको वार्ड अध्यक्षले जानकारी दिए । अहिलेका लागि ३५ जनाको स्वास्थ्य विमा गरिने अध्यक्ष भण्डारीले बताए ।
दोस्रो कार्यकालका लागिलवडा अध्यक्ष निर्वाचित भइ एक वर्षमा शिक्षा ,स्वास्थ्य,सडक, खानेपानि, यातायात, वेरोजगारी समस्या समाधानमा बितेको अध्यक्षले जानकारी दिए ।
उनले भने,'यो आर्थिक वर्षमा स्वास्थ्य विमालाई अगाडि सारेका छौं ,अझ अवका दिनमा अन्य कामलाई तीव्रता दिइने गरी निर्णय भएको वडा सचिव मदनराज पाण्डेयले बताए ।
आवश्यक सुचांकमा पर्ने वडाको नीति तथा कार्यक्रममा ३५ जनाको आर्थिक वर्ष २०८०र०८१ मा निशुल्क स्वास्थ्य बिमा गरिने वडा सचिव पाण्डेयले बताए।