सुर्खेतमा जरायो मारेको आरोपमा ४ जना पक्राउ
वीरेन्द्रनगर : सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काँक्रेबिहार स्थित नयाँ गाउँ क्षेत्रबाट जरायो मारेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले चार जनालाई रंगेहात पक्राउ गरेको हो ।
बुधवार जरायो मारेर भाग लगाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोली स्थलगत पुग्दा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस !