एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। पार्टी संगठनात्मक कामको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी मुख्यालय च्यासलमा बैठक बसेको हो।

null

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल गरेपश्चात सचिवालय बैठक बोलाइएको हो। एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको फरक भूगोलमा कार्य विभाजन गरेर काम गरिरहेको छ।  केन्द्रीय कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको हो।

एमालेले सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्यांक शुद्धीकरणको अभियानसमेत सञ्चालन गरेको छ। आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताको कार्य विभाजन पछिको प्रभावकारिताको प्रारम्भिक समीक्षा र उपलब्धिका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा साउन ७ गते पुष्पलाल स्मृति दिवस मनाउने विषयमा पनि छलफल हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.