झरीले आलु भित्र्याउन सकस

झरीले आलु भित्र्याउन सकस
सुन्नुहोस्

सोलुखुम्बु : निरन्तरको झरीले सोलुखुम्बुको पहाडी भेगका किसानलाई आलु भित्र्याउन सकस परेको छ। 

खनेर भित्र्याउन ठिक्क पारिएको आलु झरीका कारण प्रभावित भएपछि यहाँका किसानमा चिन्ता थपिएको छ। 

जिल्लामा पुस र माघ महिनामा रोपेको आलु असारमा भित्र्याउने गरिन्छ तर यस वर्ष लगातारको वर्षले बारीमा फलेको आलु भित्र्याउन नपाउँदा चिन्ता थपिएको सोलुखुम्बु लोदिङका पासाङ शेर्पाको भनाइ छ। उनले भने, ‘आलुको बिजोग भयो, बारीमा त फलेको जस्तै छ तर के गर्नु खन्न नपाउँदा बिग्रिएर गयो, वर्षभरीको दुःख खेर जाने भयो, दिन उग्रिने छाटकाँट छैन।’ 

सोलुखुम्बुको १० हजार १ सय २९ हेक्टर जमिनमा आलु खेती हुँदै आएको छ। अन्य वर्षको तुलनामा यस वर्ष आलु राम्रै फलेको भए पनि खन्ने बेला झरी बाधक बन्दा कुहिने खतरा बढेको सोलुखुम्बु टाक्टोरकी प्यारी माया विश्वकर्माले बताइन्। 

‘पोहोरभन्दा यो वर्ष अलिक बढी आलु फलेको थियो तर खन्ने बेलामा मौसमले साथ दिएन, अब हुँदै भएन भने बारीमै पाल टाँगेर खन्ने योजना छ, अरू उपाय नै छैन त, किसानलाई जताबाट पनि समस्यै समस्या’, विश्वकर्माले भनिन्।  

माथिल्लो भेगको मुख्य बालीका रूपमा रहेको आलु यो वर्षा भित्र्याउने समयमा निरन्तर पानी परेपछि किसानले आलु भित्र्याउन पाएका छैनन्। 

केही किसानले वर्षामै खनेर भित्र्याएको आलु कुहिएर जान थालेका छन्। भित्र्याउने बेलाको आलु लामो समय बारीमै राख्दा किरा लाग्ने, कुहिने जस्ता समस्या आउन सक्ने भएकाले खनेर घाम नलाग्ने र हावा आउने ठाउँमा सुकाएर भण्डारण गर्न कृषि ज्ञान केन्द्रका कार्यालय सोलुखुम्बुका प्रमुख दुर्गाबहादुर तिरुवाको सुझाव छ। 

घाम लाग्ने ठाउँमा राख्दा आलु हरियो हुने भएकाले हावा छिर्ने ठाउँमा भण्डारण गर्दा हुने उनको भनाइ छ। जिल्लामा औसतमा बर्सेनि १६ लाख मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुँदै आएको छ। 

पहाडी भेगका कतिपय किसानको मुख्य बाली नै आलु भए पनि भित्र्याउने बेला मौसमले साथ नदिँदा वर्षभरीको मेहनत खेर जाने होकी भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.