१२ अंकले बढ्यो नेप्से परिसूचक,२ अर्ब ३७ करोडको सेयर कारोबार
काठमाडौं : सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा पुगेको छ।
सेन्सेटिभ इण्डेक्स २.९० अंकले बढ्यो। आज २८६ कम्पनीको ७१ लाख ८४ हजार २५४ कम्पनीको २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँमा खरिदबिक्री भयो।
दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन सनराइज फिक्स्ड इक्वीटी फन्डको मूल्य १० प्रतिशतले बढेको हो।
एनआईबीएल ग्रोथको ९.९२ र सानिमा ग्रोथ फन्डको ९.९० ले सेयर मूल्य बढ्यो । कारोबारमा आएका १३ उपसमूहमध्ये ८ को मूल्य बढ्यो भने ५ को घट्यो।
यसदिन ९३ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !