साउने सोमबार पशुपतिनाथमा भक्तजनको घुईचो (भिडियो)


साउन महिनाको पहिलो सोमबार काठमाडौंको पशुपतिनाथ लगाएत देशभरका शिवालयहरुमा भक्तजनको घुईचो लागेको छ । 

साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र बिकास कोषले जनाएको छ । 

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ । 

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास अर्थात् मलमास परेको छ । अधिकमास परेको बेला ब्रतगर्ने कि नगर्ने भन्ने धेरैमा अन्योल छ । तर साउने सोमबारको ब्रतनित्य हुने भएकाले अधिकमासले फरक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै सोमबार नै साउने संक्रान्ति पर्व मनाइएको छ ।

सौरमास अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउने सक्रान्तिलाई रोपाईं सकेपछि मैजारो खाने दिनको रुपमा पनि लिने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.