लुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाको स्वास्थ्य बिमा गर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाको स्वास्थ्य बिमा गर्छ : मुख्यमन्त्री चौधरी

गुलरिया : लुम्बिनी प्रदेश सरकारले मुक्त कमैयाहरूको बिमा गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताएका छन्। 

बर्दियाको राजापुरमा आयोजित २४ औं मुक्त कमैया दिवसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशका सबै मुक्त कमैयाहरूको स्वास्थ्य बिमा गरी उपचारमा खर्च गर्न नपर्ने बनाइने जिकिर गरेका छन्। 

कमैया आन्दोलनको योद्धाको नाताले देशैभरका मुक्त कमैयाका समस्या समाधान गर्न मुख्यमन्त्रीको बैठकपश्चात प्रधानमन्त्री समक्ष कुरा राख्ने उनले बताए। 

आफू पनि कमैयाको छोरा भएकाले मुक्त कमैयाको बाँकी पुनर्स्थापना, व्यवस्थापन र रोजगारीका बारेमा आफू सधै चिन्तित रहेको उनको भनाई छ। प्रदेशमा रहेका महिला, विपन्न लगायत लक्षित वर्गलाई रोजगारीको व्यवस्था गर्न लागेको बताउँदै प्रदेश सरकारले ४ लाख जनालाई रोजगारीमा लगाउने लक्ष्य लिएको बताए।

वन्यजन्तु पीडितहरूलाई प्रदेश मार्फत वीमाको सुविधा सुरु भइसकेको स्मरण गराउँदै मुख्यमन्त्री चौधरीले प्रदेशका सबै जिल्लालाई जातीय कलष्टरका आधारमा विकास योजनामा लैजाने मोडल सार्वजनिक गरे। उनले स्थानीय जातिका सांस्कारिक परिकारलाई प्रवर्द्धन गर्दै उत्पादन मार्फत आयआर्जनमा जोड्न प्रदेश सरकारले योजना बनाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.