भन्सार पास भइसकेपछि राजस्व अनुसन्धान विभागले ठूलो परिमाणमा गर्यो सुन बरामद, भन्सार एजेण्ट र ड्राइभर पक्राउ
काठमाडौं : राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ। विभागले सुनसहित एक जना भन्सार एजेण्ट र ड्राइभरलाई नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार मोटर पार्ट्समा लुकाएर सुन ल्याइएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उक्त मोटर पार्ट्सको हिजै (मंगलबार) जाँच पास गरेको थियो। भन्सार कार्यालयका कर्मचारीले ठूलो परिणामको सुन जडित मोटरका पार्ट्सको कसरी जाँच पास गर्यो भन्ने विषय रहस्यमय बनेको छ।
सुन ठूलो परिमाणमा भए पनि राजस्व अनुसन्धान विभागले सोबारे केही खुलाउन चाहेन। स्रोतका अनुसार उक्त परिमाण ६० किलो बढी रहेको छ। राजस्व अनुसन्धान विभागले यस विषयमा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !