चारजना सवार मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

चारजना सवार मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

धरान : सुनसरीको इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अर्का एकजना गम्भीर घाइते भएका छन्। 

शुक्रबार राति इटहरी उपमहानगरपालिकाको कान्छी चोकमा चारजना सवार को २९ प ३७१२ नम्बरको मोटरसाइकल भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इटहरी १६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले बताएका छन्। 

गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो। दुर्घटनामा परी अर्का २७ वर्षीय प्रेमलाल गम्भीर घाइते भएका छन्। उनले प्रतिष्ठानमा उपचार भैरहेको छ। 

चारजना सवार मोटरसाइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनाको थप अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको डिएसपी राईले बताएका छन्। मृतकको शव पोष्टमार्टम गरि परिवारलाई बुझाइने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.