उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकै दिन चार योजना उद्घाटन

उदयपुरको चौदण्डीगढी नगरपालिकामा एकै दिन चार योजना उद्घाटन
सुन्नुहोस्

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका-९ मा विकास निर्माणले तीव्रता पाएको छ। 

तुलनात्मक रूपमा संघ, प्रदेश र नगरपालिकाको सबैभन्दा बढी बजेट भित्रिने गरेको उक्त वडामा शनिबार एकैदिन चार वटा योजनाको उद्घाटन गरिएको छ। 

आर्थिक वर्ष २०७९/०८० को असार मसान्तमा सम्पन्न चार वटै योजनाको मेयर कालुमान लामा, उपमेयर मणिकादेवी दुलालले संयुक्त रूपमा गरेका छन्। वडाध्यक्ष प्रकाश राउतका अनुसार ७९ लाख ९६ हजार ७३५ रुपैयाँको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो।

त्यसैगरी विपीचौक–शुक्रबारे हटिया-१० नम्बर वडा कार्यालय हुँदै पश्चिम वकनिया देवधारसम्म जोड्न साढे चार किलोमिटर कालोपत्रे निर्माण गरिएको उनले बताए। 

वडाध्यक्ष राउतका अनुसार शुक्रबारे हटियालाई बस्तीमा जोड्न सात लाखको लागतमा वगुवाखोला र तीन लाखको लागतमा मर्लेखोलामा कल्भर्ट पुल निर्माण गरिएको छ। 

झण्डै तीन कठ्ठा क्षेत्रफलमा निर्मित स्वास्थ्य चौकी भवनमा औषधि कक्ष, बिरामी जाँच, ड्रेसिङ, गर्भवती जाँच, प्रयोगशाला, कार्यालय प्रमुख, कर्मचारी कक्ष, बिरामी करुवाका अलग–अलग कक्ष बनाइएको छ। 

यसै आर्थिक वर्षबाट एमबीबीएस चिकित्सक राख्ने गरी भवन निर्माण गरिएको वडाध्यक्ष राउतले बताए। उनले भने, ‘चालू आर्थिक वर्षमा माथिल्लो तला कर्मचारी निवासका लागि तयार गरी २४ सै घण्टा स्वास्थ्य सुविधा उपलब्ध गराइने छ।' 

सम्पन्न योजनाको उद्घाटन गर्दै मेयर लामाले निर्वाचनमा गरेका प्रतिवद्धता अनुसार विकास निर्माणले गति लिएको बताए। उनले भने, ‘हिजो चुनावमा हामी सहभागी हुँदा जनतासँग जे प्रतिवद्धता गरेका थियौँ, त्यसमा रत्तिभर विचलित छैनौं र तलमाथि नगरी कार्यान्वयन गरेका छौं।'
सुसासन र विकास निर्माणका काममा नीति बनाएर अघि बढ्दा मुठ्ठीभरका व्यक्तिको घेराउमा परेको र संघीय सरकारले समेत अंकुश लगाउने गरेकाले तीन तहका सरकार मिलेर अघि बढ्नुको विकल्प नभएको बताए। 

मेयर लामाले भने, ‘न्युन विद्यार्थी संख्या भएका विद्यालयलाई मर्ज गर्नु, कक्षा घटुवा गर्नु र कामै नगरी सेवासुविधा खाँदै आएका शिक्षकलाई सरुवा गरेर शैक्षिक सुधारको प्रयास गर्दा घेराबन्दी भयो? शैक्षिक क्षेत्रमा आमुल परिवर्तन भएको छ, नतिजा दिन सुरु गरेको छ,' उनले भने, ‘मलाई चौतर्फी अवरोध गरिएको छ, तर म गल्नेवाला छैन, नीतिलाई टेकेर नगरपालिकाको गुणात्मक सुधारका लागि लडीनै रहनेछु।' 

प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरू प्रति लक्षित गर्दै मेयर लामाले भने, ‘चालू आर्थिक वर्षमा चौदण्डिगढी नगर क्षेत्रमा संघ र प्रदेशको बजेट हेर्दा सारै दुःखी छु, झण्डै झण्डै शून्य अवस्थामा छ, अनि सधै चुनावको बेला पुल, सडक बनाईदिन्छु भन्दै सिलान्यास गर्ने र चुनाव जित्ने त्यसपछि बेपत्ता हुने कसैकसैलाई लत लागेको छ, यदि काम नै गर्ने भए चुनावअघि योजना सम्पन्न गर्नुस्, अन्यथा गलत प्रचार गरेर चुनावी फण्डा नबनाउनुस्।' 

उपमेयर मणिकादेवी दुलालले एक गाउँबाट अर्को गाउँ जोड्न खोलाखहरेमा कल्भर्ट र ट्रष्टपुल निर्माण गर्ने नगरपालिकाको नीति अनुरूप गत आर्थिक वर्षमा १७ वटा पुलपुलेसा निर्माण गरिएको बताइन्। उनले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता राखी विकास निर्माणलाई तीव्रता दिएको र त्यसको नतिजा आउन थालेको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.