पुल नहुँदा विद्यालय जान कठिनाइ

पुल नहुँदा विद्यालय जान कठिनाइ
सुन्नुहोस्

जाजरकोट : भेरी नगरपालिका–२ तिमिलेमा पुल नहुँदा बालबालिकालाई विद्यालय जान कठिनाइ भइरहेको छ। वर्षायाममा खोला वारपार गर्न नसकिने भएपछि बालबालिकालाई विद्यालय जान कठिनाइ भएको हो।

बाल विकासदेखि कक्षा ५ सम्मको पढाइ पुरा गर्न तिमिलेका बालबालिका नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पुग्नुपर्छ। नेपाल राष्ट्रिय प्राथमिक विद्यालय तिमिले गाउँको इर्जको गलिमा रहेको छ। विद्यालयको सेवा क्षेत्र तिमिले मात्र नभएर, खानदारा, बुझेनी, छेलोहान्ने, गुमथले, डोप्के, सिमामेलालगायतका टोलहरू रहेका छन्। 

मनसुनबाट जागेका पानीका मुहानहरू केन्द्रित भएर बग्ने बसुन्धारा खोलाका कारण डोप्के, गुमथले, छेलोहान्ने, बुझेनीलगायतका टोलका विद्यार्थीलाई विद्यालय जान र आउन कठिनाइ भइरहेको छ।

‘बसुन्धाराबाट बगेर आएको खोला तर्न घउँसेनीमा पुलको आवश्यकता छ’, नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बलबहादुर खत्रीले भने, ‘घउँसेनीमा पुल नहुँदा ६० जनाभन्दा बढी विद्यार्थी पाँचकाटियाको विद्यालयमा गइरहेका छन्।’ आफ्नो गाउँभन्दा बाहिरको विद्यालयमा बालबालिकालाई पढ्न पठाउनुपर्ने अवस्था आएपछि गाउँको विकास र समृद्धिका लागि अविभावकको मनोविज्ञान केन्द्रित हुन नसकेको प्रअ खत्रीको भनाइ छ। 

जनश्रमदानद्वारा स्थानीयले बनाएको काठको थाप्कोबाट त्यहाँका नागरिक वारपार गरिरहेका छन्। केही वर्ष पहिले त्यही काठको लाप्कोबाट चिप्लिएर स्थानीय शेरबहादुर वलीको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.